काठमाडौं । बारामा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरीले आइतवारसाँझ बारा जिल्लाको पचरौता नगरपालिका–४ गुलरिया नाकाबाट तीन राउण्ड गोली लोड भएको पेस्तोल सहित भारतको पूर्वीचम्पारण जिल्लाको मोतिहारी–१६ बस्ने ४० वर्षीय चन्दन कुमारलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी नायव उपरिक्षक अमर बहादुर खत्रीका अनुसार, भारतबाट नेपाल प्रवेस गर्दै गरेका चन्दनको दाहिने कम्मरमा लुकाएर राखिएको पेस्तोलमा ३ राउण्ड गोली लोड भएको अवस्थामा फेला पारेको हो । चन्दनको साथबाट मोडल नं. २०२२ एमआरआई पेस्तोल, त्यसको म्याग्जीन र त्यसका लाग्ने गोली सात राउण्ड समेत फेला पारिएको छ ।
११ हजार २ सय ७० भारतीय रुपियाँ, भारतीय आधार कार्ड, मोवाईल सेट सीम सहित नियन्त्रणमा लिएका चन्दनलाई बिओपि बेल्दारीमा राखिएको छ । थप अनुसन्धानका लागि उनलाई आवश्यक कागजात सहित ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाउने तयारी गरिएको छ ।



