काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य स्थिर आएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुनको मूल्य सोही रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँमा कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।