काठमाडौं । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ३ जना विरुद्ध मुद्धा चलाइएको छ । काठमाडौंको फर्पिङ, नागढुङगा र भक्तपुरको कमलविनायकबाट मदिरा पिएर सवारी साधन चलाउदै गर्दा शनिबार राती पक्राउ परेका ३ जना चालकलाई आइतबार अभद्र व्यवहारमा मुद्धा चलाइएको हो ।
काठमाण्डौको फर्पिङबाट शनिबार पक्राउ परेका ना १ ज ६६ २४ नम्बरको भाडाका टाटा सुमो चालक मकवानपुरको हेटौडाका २८ वर्षीय मनोज रुम्बा प्रहरी वृत किर्तीपुरबाट अभद्र व्यवहार मुद्धामा ४ दिन म्याद थप गरी आवश्यक अनुसन्धान शुरु गरेको नेपाल ट्राफिक प्रहरीले जनाएको छ।
यस्तै, नागढुङगाबाट पक्राउ परेका ना २ ख ८२ १५ नम्बरको भाडाको ट्रक चालक रुपन्देही घर भएका ३९ वर्षीय शैलेन्द्र लोधलाई प्रहरी वृत थानकोटबाट अभद्र व्यवहारमा मुद्धामा ७ दिन म्याद थप गरि अनुसन्धान ट्राफिक कार्यालयले जनाएको छ। भक्तपुरको कमलबिनायकबाट ना ४ ख ५१२ नम्बरको भाडाको टिपर चलाउँदै गरेका चालक काभ्रेपलाञ्चोक घर भएका २४ वर्षीय नबिन मिजारलाई पनि अभद्र व्यवहारमा मुद्धामा ५ दिन म्याद थप गरी प्रहरी वृत जगातीबाट अनुसन्धान शुरु गरिएको छ ।
रमाइलोको बहानामा पिएको नशालु पदार्थले मस्तिष्कको सोचाई क्षमतामा ह्रास आउने र सवारी साधनको रफ्तार समेत आंकलन गर्न नसक्ने हुँदा गम्भीर सवारी दुर्घटना हुने जोखिमलाई नकार्न नसकिने भएकाले सम्भावित दुर्घटना रोकथामका लागी रात्रिकालिन मापसे चेकजाँचलाई ट्राफिक प्रहरीले तिव्रता दिदै आएको छ प्रहरीले जनाएको छ ।



