images
images

३२ प्रतिशतले बढ्यो जीवन बीमा कम्पनीको बीमाशुल्क संकलन, सबैभन्दा धेरै कसको ?


  • 512
    SHARES
  • २०७९ पौष १७ गते आइतबार

    ३२ प्रतिशतले बढ्यो जीवन बीमा कम्पनीको बीमाशुल्क संकलन, सबैभन्दा धेरै कसको ?

    काठमाडौं । एक महिनामा जीवन बीमा कम्पनीहरुको बिमाशुल्क संकलन ३२ प्रतिशतले बढेको छ । बीमा प्रधिकरणले सार्वजनिक गरेको विवरण अनुसार कात्तिकको  तुलनामा मंसिर महिनामा जीवन बीमा कम्पनीहरुले बिमाशुल्क संकलन ३१.९५ प्रतिशतले बढाएका छन् । 

    प्राधिकरणका अनुसार हाल सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले मंसिर महिनामा  १३ अर्ब ५० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । गत महिनामा यस्तो रकम १० अर्ब २३ करोड रुपैयाँ रहेको थियो । यो गत महिनाको तुलनामा ३१.९५ प्रतिशत बढि हो ।

    मंसिर महिनासम्ममा जीवन बीमा कम्पनीहरुले १० लाख ७६ हजार बीमालेख जारी गरि ५९ अर्ब ५१ करोड बिमाशुल्क संकलन गरेका छन् । गत महिनामा यस्तो रकम ४६अर्ब १ करोड रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ । 

    १९ कम्पनीले संकलन गरेको कुल बिमाशुल्क मध्ये सबैभन्दा धेरै राष्ट्रिय बीमा संस्थानले गरेको छ सो बैंकले मंसिर महिनामा मात्रै ४ अर्ब ८ करोड बीमाशुल्क संकलन गरेको छ भने सोही अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब ७१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, एलआइसी नेपालले १ अर्ब २५ करोड रूपैयाँ र नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब ४ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको प्राधिकरणले जनाएको छ ।

    त्यस्तै, सो अवधिमा सबैभन्दा थोरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । यस कम्पनीले ९ करोड ३० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

    b.JPG

     


    images
    images

    Logo