images
images

२० अर्ब २५ करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक, ७ अर्ब ५० करोडको नयाँ 


  • 251
    SHARES
  • २०७९ पौष १७ गते आइतबार

    २० अर्ब २५ करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक, ७ अर्ब ५० करोडको नयाँ 

    काठमाडों । नेपाल राष्ट्र बैंकले २० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ ।  बैंकले सोमबार सो रकम बराबरको ट्रेजरी विल जारी गर्न लागेको हो ।

    बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ भने ९१ दिनको लागि ७ अर्ब ७५ करोड रुपैयाँ र ३६४ दिनको लागि  नयाँ ७ अर्ब ५० रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ ।

    उक्त ट्रेजरी विल २८ दिनको माघ १७ गते परिपक्क हुनेछ भने ९१ दिनको अगामी चैत २१ गते परिपक्क हुनेछ । त्यस्तै, ३६४ दिनको आगामी पुस १७ गते परिपक्क हुनेछ ।

    यो ट्रेजरी विल सोमबार दिउँसो २ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् । 


    images
    images

    Logo