काठमाडौं । चालु आर्थिक बर्षको साढे ५ महिनामा करिव २८ प्रतिशत मात्रै बजेट खर्च भएको छ । महालेखा नियन्त्रणका कार्यालयका अनुसार साउनदेखि पुस १६ गतेसम्ममा २७.८२ प्रतिशत मात्रै बजेट खर्च भएको हो ।
महालेखा नियन्त्रणका कार्यालयका अनुसार सरकारले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो जुन पुस १६ गतेसम्म आइपुँग्दा ४ खर्ब ९९ अर्ब २ करोड रुपैयाँ बराबरको बजेट खर्च भएको हो । यस अवधिमा सरकारको पुँजीगत खर्च ११ नाघेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस १६ गतेसम्म संघीय सरकारको पुँजीगत खर्च ४२ अर्ब ४५ करोड २२ लाख बराबर छ।
चालू आर्थिक वर्षका लागि सरकारले पुँजीगत शीर्षकमा ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बजेट छुट्याएको छ। हालसम्मको पुँजीगत खर्च ११.१६ प्रतिशत मात्र छ। त्यस्तै, चालू शीर्षकमा विनियोजित कुल ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बजेटमध्ये हालसम्म ३३.२३ प्रतिशत खर्च भएको छ। जुन ३ खर्ब ९३ अर्ब १४ करोड ७७ लाख बराबर हो।



