images
images

एकैदिन २७ सय भन्दा बढी सवारी चालक कारवाहीमा


  • 344
    SHARES
  • २०७९ पौष १७ गते आइतबार

    एकैदिन २७ सय भन्दा बढी सवारी चालक कारवाहीमा

    काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन २ हजार ७ सय ७९ जना सवारी चालक कारवाहीमा परेका छन् । टाफिक नियम उल्लङ्घन गरेको कारणले उनीहरुलाई शनिबार र उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने २ सय १८ जना, लेन अनुशासन पालना नगर्ने ३७ , रेड लाइडमा सवारी साधन चलाउने ५८ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ४० र नम्बर प्लेट राम्रोसँग नराख्ने ३० जना, लिडारगन २ सय २५ चालक रहेका छन् ।  यस्तै २ हजार १ सय ७१ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।


    images
    images

    Logo