images
images

प्रदेश १ मा प्रदेश प्रमुखद्धारा मुख्यमन्त्रीको दावी पेस गर्न आह्वान 


  • 353
    SHARES
  • २०७९ पौष १७ गते आइतबार

    प्रदेश १ मा प्रदेश प्रमुखद्धारा मुख्यमन्त्रीको दावी पेस गर्न आह्वान 

    काठमाडौं । प्रदेश १ का प्रदेश प्रमुख पर्शराम खापुङले मुख्यमन्त्रीको दावी पेस गर्न आह्वान गरेका छन् ।  संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन् । पुस २४ गते आइतबार बेलुका ५ बजेभित्र दाबी पेश गर्न आह्वान भएको हो । 

    ‘संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्री नियुक्तका लागि प्रदेशसभामा कुनै दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्री नियुक्तीका लागि दाबी पेश गर्न आह्वान गर्नु भएको छ’ प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    ९३ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक जना सांसद छन् ।

    323261173_520258366558319_1516094643728047476_n.jpg


    images
    images

    Logo