images
images

आजबाट हुने भनिएको टेलिकमको फाइभ–जी ट्रायल स्थगित 


  • 373
    SHARES
  • २०७९ पौष १७ गते आइतबार

    आजबाट हुने भनिएको टेलिकमको फाइभ–जी ट्रायल स्थगित 

    काठमाडौं । नेपाल टेलिकमले पूर्वनिर्धारित तालिकाअनुसार  पुस १७ गतेदेखि सुरु हुने भनिएको फाइभ–जी ट्रायल स्थगित भएको छ । टेलिकमले चलाउने प्रणाली अनुरुप फाइभजी चल्ने मोबइलको संख्या न्युन् देखिएपछि ट्रायल स्थगित भएको हो । 

    यसअघि टेलिकमले अङ्ग्रेजी नयाँ वर्षको दिन अथात् जनवरी १ देखि फाइभजी ट्रायल सुरु गर्ने भनिएको थियो । तर नेपालमा हाल उपलब्ध फाइभजी सेटहरूमा परीक्षण गरेर मात्रै ट्रायलमा जाने हिसाबले ट्रायल स्थगित गरिएको हो । 

    कम्पनीले फाइभजी सेवाका लागि आवश्यक सिस्टम स्थापना र त्यसको परीक्षण भने यस अघि नै सम्पन्न गरिसकेको छ । सामान्य मोबाइल इन्टरनेटभन्दा द्रुत हुने फाइभजी इन्टरनेट औद्योगिक, सेवामूलक, नवप्रवर्तनात्मक र उच्च व्यवसायिक क्षेत्रमा प्रयोग हुने डाटा सुविधा हो ।

     


    images
    images

    Logo