images
images

राष्ट्र बैंकले २ बैंकलाई दियो मर्जरका लागि अन्तिम स्वीकृति


  • 713
    SHARES
  • २०७९ पौष १७ गते आइतबार

    राष्ट्र बैंकले २ बैंकलाई दियो मर्जरका लागि अन्तिम स्वीकृति

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरका लागि २ बैंकलाई अन्तिम स्वीकृति दिएको छ । बिहीवार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले इन्भेष्टमन्ट बैंक र मेगा बैंकको मर्जरका लागि अन्तिम स्वीकृति दिएको हो । 

    यी दुबै बैंकले गत मंसिर २३ गते मर्जरका लागि अन्तिम सम्झौता गरेका थिए । यी बैंक १००ः९० को स्वापमा मर्ज हुने भएको छ । मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुनेछ । 

    मर्जरपछि सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वीबहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा ज्योतीप्रकाश पाण्डे रहने सहमति भएको छ । त्यसैगरी मर्जरपछि बन्ने बैंकको नयाँ सञ्चालक समितिमा दुबै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहने सहमति भएको छ ।


    images
    images

    Logo