images
images

नेपाल राष्ट्र बैंकले राख्यो काम नलाग्ने नोटबाट बनाएको ब्रिकेट बिक्रीमा


  • 345
    SHARES
  • २०७९ पौष १७ गते आइतबार

    नेपाल राष्ट्र बैंकले राख्यो काम नलाग्ने नोटबाट बनाएको ब्रिकेट बिक्रीमा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोटबाट बनाएको ब्रिकेट/स्रेडेड टुक्राहरु बिक्रीमा राखेको छ। बैंकले २ अर्ब ७५ करोड केजी ब्रिकेट स्रेडडका टुक्राहरु विक्रीमा राखेको हो । 

    बैंकले मुद्रा व्यवस्थापन विभागका साथै उपत्यका बाहिरका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थ नगर, नेपालगञ्ज र धनगढीका प्रादेशिक कार्यालयले उत्पादन गरेको ब्रिकेट बिक्रीमा राखेको हो। उक्त ब्रिकेट बैंकले सिलबन्दी बोलकबोल मार्फत बिक्री गर्न लागेको हो। कुल २ लाख ७५ हजार केजी ब्रिकेट बिक्रीमा राखिएको हो।

    इच्छुक ब्यक्ति तथा संस्थाले मूल्य कबुल गरेर ४५ दिनभित्र आवेदन दिन सक्छन्। मूल्य प्रतिस्पर्धाको माध्यमबाट तय हुने छ।


    images
    images

    Logo