images
images

श्रीलाभ सहकारीको सेयर पूँजी ३ करोड बढी


  • 505
    SHARES
  • २०७९ पौष १६ गते शनिबार

    श्रीलाभ सहकारीको सेयर पूँजी ३ करोड बढी

    काठमाडौं । श्रीलाभ बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७८/७९ मा ३ करोड ११ लाख ५४ हजार २ सय सेयर पूँजी पुर्याएको छ । संस्थाको आज सम्पन्न ११ औँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष ओमप्रसाद उप्रेतीले गत आर्थिक बर्षमा ३६ लाख २७ हजार सेयर पूँजी वृद्धि गरेको जानकारी दिए । 

    संस्थाले १५ करोड ४५ लाख ६२ हजार ४२ रुपैयाँ बचत गरी १७ करोड ५० लाख ८८ हजार ५ सय ६६ रुपैयाँ ऋण लगानी गरेको छ । गत वर्षको तुलनामा ५२ लाख ९६ हजार रुपैयाँले घटेको छ भने ऋण लगानी ५६ लाख ४० हजार रुपैयाँले बढाएको छ । 

    सहकारीको कूल सम्पत्ति गत वर्षको तुलनामा ४७ लाख ५२ हजार रुपैयाँले बढेर २४ करोड ८३ लाख ९२ हजार रुपैयाँ पुगेको छ । सहकारीका ५ सय ७१ शेयर सदस्यमध्ये ५ सय २९ पुरुष र १ सय ४२ महिला सदस्य रहेका छन् । सहकारीले आर्थिक वर्ष २०७८/७९ मा सरकारलाई १६ लाख ४३ हजार ८ सय ६५ रुपैयाँ कर बुझाएको छ ।

    संस्थाको जगेडा कोषमा २ करोड ५ लाख रुपैयाँ जम्मा गरेको छ भने ऋण नोक्सानी  कोषमा १ करोड ४० लाख रुपैयाँ जम्मा गरेको जनाएको छ । संस्थाले सहकारी शिक्षा तथा तालिम कोष स्थापान गरी खूद नाफाको १० प्रतिशत रकम जम्मा गर्दै आएको छ । 

    कार्यक्रममा कोषाध्यक्ष छविलाल तिमिल्सिना र लेखा समिति संयोजक जगन्नाथ खनालले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । कामनपा–२२ महाबौद्धमा सहकारीले आफ्नै भवन निर्माण गरी गत असार २९ गतेदेखि सेवा शुरु गरेको अध्यक्ष उप्रेतीले जानकारी दिए ।

    कार्यक्रमका प्रमुख अतिथि पूर्व शिक्षामन्त्री एवं सांसद कृष्णगोपाल श्रेष्ठले उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य शर्मिला सुवेदी, जीवनाथ उप्रेती ज्येष्ठ सदस्य कृष्णप्रसाद खरेल र विष्णु कार्कीलाई सम्मान गरे ।

     


    images
    images

    Logo