काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले छ महिनाको अवधिमा आपराधिक क्रियाकलापमा संलग्न १ सय ५५ जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ प्रहरीले चालू आर्थिक बर्ष २०७९/८० को साउनदेखि पुससम्मको अवधिमा आपराधिक क्रियाकलापमा संलग्न एक सय ५५ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विभिन्न मितिमा अदालतले कैद र जरिवनाको फैसला सुनाएकामा फरार रहेका १ सय ५५ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको जानकारी दिए । पक्राउ परेकालाई अदालतले २९ वर्ष ५ महिना ६ दिन कैद र २ करोड ९४ लाख ४९ हजार ७ सय ५६ रुपैयाँ जरिवाना असुल गरेको प्रवक्ता मैनालीले बताए ।