images
images

एकैदिन २६ सय भन्दा बढी सवारी चालक कारवाहीमा


  • 364
    SHARES
  • २०७९ पौष १६ गते शनिबार

    एकैदिन २६ सय भन्दा बढी सवारी चालक कारवाहीमा

    काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन २ हजार ६ सय ५२ जना सवारी चालक कारवाहीमा परेका छन् । टाफिक नियम उल्लङ्घन गरेको कारणले उनीहरुलाई शुक्रबार र उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय ३८ जना, लेन अनुशासन पालना नगर्ने १८ , रेड लाइडमा सवारी साधन चलाउने ३९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ४० र नम्बर प्लेट राम्रोसँग नराख्ने ४१ जना, लिडारगन २ सय ४३ चालक रहेका छन् ।  यस्तै २ हजार ३३ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।


    images
    images

    Logo