काठमाडौं । चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो सबैभन्दा महंगो मुल्यमा साउदी क्लवमा अनुबन्ध भएका छन् । पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डो वार्षीक १७ करोड ७० लाख पाउन्ड पारिश्रमिक पाउँनेगरी अल नासर क्लवसँग २०२५ सम्मका लागि अनुबन्ध भएका हुन् ।
नयाँ अनुबन्धअनुसार रोनाल्डोले प्रत्येक वर्ष साउदी क्लबबाट १७ करोड ७० लाख पाउन्ड पारिश्रमिक लिनेछन् । यो विश्व फुटबल इतिहासमै सबैभन्दा बढी पारिश्रमिक हो ।
यसअघि म्यानचेस्टर युनाइटेडको कडा आलोचना गर्दै रोनाल्डोले अलग हुने निर्णय गरेका थिए । अनुबन्धपछि ३७ वर्षीय रोनाल्डोले आफू नयाँ र फरक फुटबल अनुभव बटुल्न उत्सुक रहेको बताएका छन् । साउदी प्रो लिग च्याम्पियन अल नासरले पनि रोनाल्डोलाई अनुबन्ध गरेर नयाँ इतिहास बनाउने क्रममा रहेको जनाएको छ ।