images
images

प्रदेश नं.१ का प्रमुख दलका संसदीय दलका नेता सबै झापाका 


  • 359
    SHARES
  • २०७९ पौष १६ गते शनिबार

    प्रदेश नं.१ का प्रमुख दलका संसदीय दलका नेता सबै झापाका 

    काठमाडौं । प्रदेश नं. १ मा अधिकांश दलका संसदीय दलको नेतामा झापाको बर्चस्व कायम भएको छ । झापाबाट निर्वाचित ३ जना प्रदेशसभा सदस्य फरक/फरक दलको संसदीय दलको नेता चुनिएका छन् भने अर्का एक अन्यत्रबाट निर्वाचित भएपनि झापा बस्दै आएका छन् ।

    नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा झापा जिल्लाबाट निर्वाचित प्रदेशसभा सदस्य चयन भएका छन् । नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा, एमाले संसदीय दलका नेता हिक्मत कार्की,  राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता भक्ती सिटौला झापाबाट प्रदेशसभामा निर्वाचित भएका हुन् ।

    त्यस्तै माओवादी केन्द्रबाट निर्वाचित

    इन्द्रबहादुर आङ्वो पांचथर (२) बाट प्रदेशसभामा निर्वाचित  भएपनि उनको  बसोवास झापामै रहेको छ । एमाले संसदीय दलका नेता कार्की झापा क्षेत्र नम्बर ५(१), राप्रपाका सिटौला झापा क्षेत्रनम्बर ४ (२) बाट निर्वाचित भएका हुन् । 

    उद्धव भने समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य बनेका हुन् ।
    माओवादीका आङ्वो पछिल्लो समय झापाको कमल गाउँपालिकामा बस्दै आएका छन् ।

    शुक्रबार बिहान सम्पन्न कांग्रेस संसदीय दलको नेतामा उद्वव थापा विजयी भएसंगै प्रदेश नं. १ का प्रमुख दलका संसदीय दलको नेतामा झापाको बर्चस्व काएम भएको हो ।


    images
    images

    Logo