काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।
शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ६६ पैसा कायम रहेको छ । बिहीवारको तुलनामा डलर १२ पैसाले घटेको हो ।
त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४० रुपैयाँ ७८ पैसा र बिक्री दर १ सय ४१ रुपैयाँ ४२ पैसा रहेको छ । युरो २ पैसाले बढेको हो । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५८ रुपैयाँ ९१ पैसा र बिक्री दर १ सय ५९ रुपैयाँ ६३ पैसा रहेको छ।
