काठमाडौं । कोरिया जाने नेपाली कामदारहरुको भिसा शुल्क बढेको छ । शुक्रवार इपीएस कार्यालयले सूचना जारी गर्दै कोरियन भाषा परिक्षा (इपीएस) मार्फत् दक्षिण कोरिया जाने नेपाली कामदारहरुको भिसा शुल्क ६ सय रुपैयाँले बढेको जनाएको छ ।
यस अघि कोरिया जाने नेपालीहरुले भिसा शुल्क वापत ७ हजार २ रुपैयाँ तिर्दै आएका थिए । कार्यालयले सो शुल्क वृद्धि गरेपछि अब ७ हजार ८ सय रुपैयाँ तिर्नुपर्ने भएको छ ।