images
images

मधेस प्रदेशमा माओवादीका २ जना सांसदको शपथग्रहणमा रोक 


  • 378
    SHARES
  • २०७९ पौष १५ गते शुक्रबार

    मधेस प्रदेशमा माओवादीका २ जना सांसदको शपथग्रहणमा रोक 

    काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशमा माओवादीका २ जना स‌ा‌ंसदको शपथग्रहणमा रोक लगाएको छ । अदालतले महोत्तरीका रजी हैदर र सप्तरीका मालाकुमारी कर्णको शपथ रोक्न लगाएको हो । 

    माओवादीले पठाएको बन्दसूचीअनुसार निर्वाचन आयोगले निर्वाचित नगरेको भन्दै सर्वोच्चमा मुद्दा दायर भएको र सर्वोच्चले तत्काल रजी र मालाकुमारीलाई शपथ नगराउन पत्र पठाएको सचिवालयले जनाएको छ ।

    मधेस प्रदेशमा माओवादीबाट ४ जना समानुपातिकमा निर्वाचित भएका थिए । निर्वाचित हुनेमा धनुषाबाट सुनिता यादव, सप्तरीबाट मालाकुमारी कर्ण, धनुषाबाट शारदा दास (पहाडी) र महोत्तरीबाट मोहम्मद रजी हैदर निर्वाचित भएका हुन् । सुनिता र माला मधेसी समूह, शारदा दलित र रजी मुस्लिम समूहबाट निर्वाचित भएका हुन् ।

    समानुपातिकको बन्दसूचीमा रहेकी खचान्जी महतो नुनियाले आफूहरूभन्दा तल रहेकालाई निर्वाचित गरेको भन्दै निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा मालाकुमारी र रजीको शपथमा रोक लगाउन माग गर्दै रिट दायर गरेका थिए । उक्त मुद्दामा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले मंसिर २९ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । 


    images
    images

    Logo