images
images

गृहमन्त्री लामिछानेले भने – बढुवाका लागि नेताका घर गए कारबाही गर्छु


  • 345
    SHARES
  • २०७९ पौष १५ गते शुक्रबार

    गृहमन्त्री लामिछानेले भने – बढुवाका लागि नेताका घर गए कारबाही गर्छु

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरुवा–बढुवा माग्दै नेताहरुको घर घर पुगेको थाहा पाए कारबाही गर्ने बताएका छन् । नक्सालस्थित प्रहरी प्रधान कार्यालय निरीक्षण गर्दै लामिछानेले भने प्रहरी कर्मचारीको सरुवा र बढुवा मापदण्ड बाहिरबाट नहुने समेत बताएका छन् । 

    यसका साथै  सरुवा बढुवाको लागि नेताका घरमा धाउने अधिकृतहरूलाई कारबाही गर्ने उनले चेतावनी दिएका छन् । यसका साथै लामिछानेले भने ‘सरुवा र बढुवाको कुरा लिएर नेताका घर घर जाने कुरा अन्त्य गरिनेछ । हाम्रोभन्दा पनि राम्रो मान्छे प्राथमिकतामा पर्नेछन् ।’

    लामिछानेले प्रहरी अधिकृतहरूलाई नेताका घरमा धाएर सरुवा नहुने चेतावनी दिएका छन् । उनले प्रहरीको सेवा, सुविधा, रासन र तलब स्केल सबैको पुनरावलोकन गर्ने पनि बताएका छन् । 


    images
    images

    Logo