काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १ सय ३५ जना सवारी चालक कारवाहीमा परेका छन् । टाफिक नियम उल्लङ्घन गरेको कारणले उनीहरुलाई विहीबार उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय ५१ जना, लेन अनुशासन पालना नगर्ने २ सय १९ जना, रेड लाइडमा सवारी साधन चलाउने ४५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६५ र नम्बर प्लेट राम्रोसँग नराख्ने ३६ जना, लिडारगन १ सय ९३ चालक रहेका छन् । यस्तै २ हजार ४ सय २५ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।