images
images

भक्तपुरका विरामीलाई अव रगत र रक्ततत्व निःशुल्क


  • 520
    SHARES
  • २०७९ पौष १५ गते शुक्रबार

    भक्तपुरका विरामीलाई अव रगत र रक्ततत्व निःशुल्क

    भक्तपुर । भक्तपुरका विरामीले रगत तथा रक्ततत्व निःशुल्क पाउँन थालेका छन् । रगत नपाए भक्तपुर जानु भन्ने अभियान चलाईरहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले रगत तथा रक्ततत्व निःशुल्क उपलब्ध गराउने भएको हो ।

     रेडक्रस जिल्ला शाखा भक्तपुरका मन्त्री परशुराम पाण्डे र सुर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापाविच नगरपालिका भित्रका वासिन्दालाई निः शुल्क रगत उपलब्ध गराउने  सम्झौता भएसँगै जिल्लाभरका रगत तथा रक्ततत्व आवश्यक पर्ने विरामीले निःशुल्क पाउने भएका हुन् । यस अघि चाँगुनारायण, मध्यपुरथिमी र भक्तपुर नगरपालिका र  रेडक्रस भक्तपुर  बीच निःशुल्क रगत उपलब्ध गराउने गरी सम्झौता भइसकेको थियो ।

    रेडक्रस शाखा सभापति मनोजकुमार थापाका अनुसार रगत तथा रक्ततत्व आवश्यक पर्ने जिल्लाभरका विरामीले अब निःशुल्क प्राप्त गर्नेछन । रगत लिन रेडक्रस आउँदा  भक्तपुरभित्र बसोवास गरेको परिचय खुल्ने कागजात लिएर जानुपर्ने सभापति थापाको भनाइ छ । 

    स्वयंसेवी रक्तदाताले दान गरेको रगतको शुल्क नलाग्ने भएपनि यसअघि  रगतको परिक्षण, रक्तव्याग, भण्डारण, संकलनका क्रममा लाग्ने खर्चवापत रेडक्रसले न्युनतम रकम लिदै आएको थियो । ती सबै खर्च जिल्लाका चारवटै नगरपालिकाले व्यहोर्ने समझदारी भएपछि भक्तपुरवासीका लागि रगत निःशुल्क गरिएको सभापति थापाले बताए ।


    images
    images

    Logo