काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मोबाईल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली लागू नगर्न निर्देशन दिएका छन् । आजैदेखि लागू हुने भनिएको सो प्रणली प्रधानमन्त्रीले निर्देशन दिएपछि लागू नहुने भएको हो ।
प्रधानमन्त्री दाहालले विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न निर्देशन दिएसँगै नेपाल दुरसञ्चार प्रधिकरणले एमडीएमएस प्रणाली स्थगित गर्ने भएको छ ।
विदेशबाट फर्कनेले ल्याउने मोबाइल फोनमा सरकारले कडाई गरेपछि सवत्र विरोध भएको थियो । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले पनि नेपाल बाहिर प्रवासमा अवस्थित गैरआवासीय नेपालीले घर फर्किँदा एउटा मोबाइल र ल्यापटप ल्याउँदा पनि भन्सार तिर्नुपर्ने नियम प्रवासी नेपाली श्रमिकको हित विपरीतको भएको उल्लेख गर्दै उक्त निर्णय खारेज गर्न आग्रह गरेको थियाे ।



