images
images

प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा थापा विजयी


  • 206
    SHARES
  • २०७९ पौष १५ गते शुक्रबार

    प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा थापा विजयी

    विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा उद्वव थापा विजयी भएका छन् । प्रदेश सभापति समेत रहेका थापा आज भएको निर्वाचनमा १८ मत प्राप्त गर्दै विजयी भएका हुन । 

    थापाका निकटतम प्रतिस्पर्धी केदार कार्कीले ९ मत ल्याए भने अर्का उम्मेदवार अमृत अर्यालले २ मत प्राप्त गरे । सो प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् । थापा कृष्ण सिटौला निकट मानिन्छन् । त्यसशैगरी अर्याल सभापति शेरबहादुर देउवानिकट र कार्की शेखर कोइराला निकटका हुन् ।

    सिटौला पक्षमा खुलेका ९ सांसद रहेपनि पछिल्लो समयमा देउवाका विश्वास पात्र मानिने ज्ञानेन्द्रबहादुर कार्कीले थापालाई सहयोग गरेका कारण थपाले जित हात पारेको  कांग्रेसका एक नेताले बताए ।

    त्यसैगरी संस्थापन पक्षकै प्रभावशाली नेता तथा प्रदेश १ उपसभापति रमेशजंग रायमाझीले पनि थापालाईनै साथ दिएको बताइएको छ ।

     


    images
    images

    Logo