काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य आकासिँदै गएको छ । शुक्रवार छापावाला सुन प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
बिहीवार प्रतितोला १ लाख ९ सय रुपैयाँमा कायम भएको सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख १ हजार ४ सय रुपैयाँ कायम गरको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ९ सय रुपैयाँ कायम गरिएको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।