काठमाडौँ । कम्बोडियाको एउटा क्यासिनोमा गएराती आगोलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । अन्य ५० जना घाइते भएका छन् ।
थाइल्याण्डको सिमाना पोइपेटस्थित ग्रान्ड डायमन्ड सिटी क्यासिनोमा आगो लागेको हो । आगो निभागउन १२ घण्टाभन्दा बढी लागेको स्थानीय प्रहरीले जनाएको छ ।
थाइल्याण्डका वारुणयन्त्र पनि आगो निभाउन पोइपेट पुगेका थिए । स्थानीयका अनुसार सामाजिक सञ्जालमा राखिएका तस्बिरमा पीडितहरू छानाबाट खसिरहेका, सहयोगका निम्ति याचना गरिरहेका तथा आगोको ज्वालाबीच फसेका देखिएको थियो ।
क्षतिको बिस्तृत बिवरण आउँन बाँकी रहेको स्थानीय अधिकारीले जनाएका छन ।