images
images

२ निर्माण कम्पनीलाई ठेक्का तोड्ने चेतावनी, ७ दिन भित्र स्पष्टीकरण बुझाउन निर्देशन


  • 459
    SHARES
  • २०७९ पौष १५ गते शुक्रबार

    २ निर्माण कम्पनीलाई ठेक्का तोड्ने चेतावनी, ७ दिन भित्र स्पष्टीकरण बुझाउन निर्देशन

    काठमाडौं । पूर्वाधार विकास कार्यालय ललितपुरले समयमा काम समपन्न नगर्ने २ वटा निर्माण कम्पनीलाइ स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ। कार्यालयले शुक्रवार सूचना जारी गर्दै २ कम्पनीलाई ७ दिन भित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको होे । 

    कार्यालयले काकेश्वरी मनहराका ७, ८ र ९ जगतमार्गका सडक आयोजनाको नतासा निर्माण सेवा र गुह्यश्वरी एयरपोर्ट उत्तर गोठाटार सडक काठमाडौंको चुडिँलाल निर्माण सेवालाई ठेक्का तोड्ने चेतावनी दिएको छ । 

    उक्त निर्माण कम्पनीहरुले सम्झौता बमोजिम तोकिएको समयमा कार्य सम्पन्न नगरेको हुँदा पटक पटक लिखित एवम् मौखिक माध्यमबाट ताकेता गर्दासमेत समयमा काम नगरेपछि स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो। 

    यो सूचना प्रकाशित भएको सात दिन भित्र आधिकारिक प्रतिनिधि स्वयम् कार्यालयमा उपस्थित भइ समयमा काम सम्पन्न हुन नसक्नुको केही मानवीय कारण भएमा कार्यालयमा लिखित जवाफ पेश गरी तोकिएको समयमा निर्माण सम्पन्न गर्ने विश्वसनिय आधार पेश गर्न कार्यालयले निर्देशन दिएको छ। 

    यदि तोकिएको समयभित्र उचित कारण सहित सम्बन्धित आधिकारिक प्रतिनिधि उपस्थित नभएमा वा पेश गरिएका स्पष्टीकरण चित्तबुझ्दो नभएमा प्रचलित कानून तथा ठेक्का सम्झौता अनुसार ठेक्का तोडी कालोसूचिमा राख्ने प्रक्रिया अगाडी बढाइने कार्यालयले जनाएको छ।


    images
    images

    Logo