images
images

भाटभटेनीलाई २ लाख ५० हजार जरिवाना


  • 442
    SHARES
  • २०७९ पौष १५ गते शुक्रबार

    भाटभटेनीलाई २ लाख ५० हजार जरिवाना

    मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडामा सञ्चालनमा  रहेको  भाटभटेनी सुपरमार्केटले  उपभोक्तालाई  बिलबिजकमा गलत विवरण समावेश गरको आरोपमा २ लाख ५० हजार जरिवाना गरेको जनाएको छ ।
     
    कार्यालयका अनुसार सो सुपर मार्केटले बिलबिजकमा गलत विवरण समावेश गरी उपभोक्ता ठगी गरेको, उत्पादन  तथा उपभोग्य मूल्य र मिति उल्लेख नगरेको एवं चिनी तथा नुन पुनःप्याकिङ गरेको  पाइएपछि कारवाही गरिएको बताइएको छ ।
     
    जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलको नेतृत्वमा खटिएको टोलीले उक्त सुपर मार्केटको एक्कासी अनुगमनमा गर्दा  उक्त तथ्य फेला परेपछि सो जरिवाना गरेको हो ।  

    अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटबाट बरामद गरेको खाद्यवस्तु बिक्रीवितरणमा रोक लगाएको सहायक प्रजिअ कँडेलले बताए ।


    images
    images

    Logo