काठमाडाैं । गृह मन्त्रालयको निर्देशनपछि मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी धमाधम फिर्ता हुन थालेका छन् । गुहमन्त्री रवि लामिछानेले मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गराउन सुरक्षा निकायलाई निर्देशन दिएको थियो । जसअनुसार बिहीबारसम्म १ सय ९४ जना सुरक्षाकर्मी फिर्ता भएका हुन् ।
१ सय ९४ जना सुरक्षाकर्मीमध्ये नेपाल प्रहरीका १ सय ३ जना र सशस्त्र प्रहरी बलका ९१ जना सुरक्षाकर्मी फिर्ता भएका जनाइएको छ ।
पुस १२ मा ४८ घण्टाको समय दिँदै कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरित सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेका मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको थियो । जस अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कर्मचारी र सुरक्षाकर्मीको व्यक्तिगत सुरक्षामा मापदण्ड विपरित खटिएका प्रहरीलाई फिर्ता गरेको हो ।



