images
images

बीमा कम्पनीका सीईओलाई अध्यक्ष सिलवालले दिए यस्तो निर्देशन


  • 544
    SHARES
  • २०७९ पौष १४ गते बिहीबार

    बीमा कम्पनीका सीईओलाई अध्यक्ष सिलवालले दिए यस्तो निर्देशन

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई निर्देशन दिएको छ । बुधवार एक कार्यक्रममा बोल्दै बीमा क्षेत्रमा शङ्कास्पद कारोवार नियन्त्रणका लागि तर्कबितर्क नगरी त्यसको गम्भीरतालाई बुझेर कानून बमोजिम काम गर्न प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले निर्देशन दिएका हुन् । 

    मा क्षेत्रमा शङ्कास्पद कारोवार हुन नदिनका लागि वित्तीय जोखिमाङ्कनमा सुधार गर्न, लक्ष्यमा मात्र जोड नदिई गुणस्तरीय कारोवार गर्नपनि सबै बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । आम्दानीको कम्तीमा पनि २ प्रतिशत रकम कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि छुट्याई कर्मचारीमा विज्ञता विकास पनि अध्यक्ष सिलवालले निर्देशन दिएका छन् । 

    नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाईका प्रमुख दीर्घ बहादुर रावलले कारोवारमा शङ्का लाग्ने वित्तिकै वित्तीय जानकारी इकाईमा जानकारी दिनुपर्ने बताए ।

    कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल अधिकारी र जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।


    images
    images

    Logo