images
images

मन्त्रालयको स्वीकृती विना सुरक्षा अधिकारीले आफूखुसी नेता र राजदूत भेट्न नपाउने


  • 251
    SHARES
  • २०७९ पौष १४ गते बिहीबार

    मन्त्रालयको स्वीकृती विना सुरक्षा अधिकारीले आफूखुसी नेता र राजदूत भेट्न नपाउने

    काठमाडौं । गृह मन्त्रालयले सुरक्षा अधिकारीहरलाई  आफूखुसी नेता र राजदूत भेट्न रोक लगाएको छ । मन्त्रालयले विहीबार एक सुचना जारी गर्दै भेटनै परेपनि विभागिय स्वीकृत लिएर मात्रै भेटन गृहले सुरक्षा निकायका अधिकारीहरुलाई निर्देशन गरेको हो ।

    मन्त्रालयका अनुसार विभागीय स्वीकृति बिना नेता र कुटनीतिक नियोगहरुमा भेटघाट गर्ने सुरक्षा पदाधिकारीलाई अनुशासनको कारबाही समेत गर्ने जनाएको छ ।

    ‘शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरु कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कुटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सुरक्षाकर्मी पदाधिकारीहरुले कुटनीतिक नियोग, विभिन्न राजनैतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्ने पर्ने भएमा स्पष्ट प्रयोजन र विभागीय स्वीकृति लिएर मात्र गर्नु गराउनु हुन तथा सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउन अनुरोध छ र यस निर्देशन विपरीत कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम अनुशासन सम्बन्धी कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’ गृह मन्त्रालयले जारी गरेकोको विज्ञप्तिमा उल्लेख छ ।

    MOF.jpg


    images
    images

    Logo