काठमाडौं । सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बनमा परेका छन् ।
प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई बिहीबार निलम्बन गरेको हो ।
प्रहरी स्रोतका अनुसार डिएसपी केसीले ब्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारीका आधारमा अनुसन्धान अघि बढाएको थियो ।
त्यस क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सीआईबी० ले नगद र सुनसहित उनलाई नियन्त्रणमा लिएको थियो । बुधवार मात्र प्रहरी मुख्यालयले केसीलाई निलम्बन गर्न सिफारिस गरेको थियो ।