images
images

रविको प्रवेशपछि सुकुम्वासी हटाउन महानगरले लेख्यो गृह मन्त्रालयलाई पत्र


  • 296
    SHARES
  • २०७९ पौष १४ गते बिहीबार

    रविको प्रवेशपछि सुकुम्वासी हटाउन महानगरले लेख्यो गृह मन्त्रालयलाई पत्र

    काठमाडौं ।  काठमाडौं महानगरले थापाथलीस्थित अनधिकृत संरचना हटाउन सहयोग माग्दै गृह मन्त्रालयलाई पत्राचार गरेको छ। थापाथलीस्थित बागमती नदी किनामा अनधिकृत रुपमा बस्दै आएको सुकुम्बासीलाई हटाउन महानगरले गृहसँग सहयोग माग गरेको हो ।

    गृहलाई पत्राचार गर्दै महानगरले भनेको छ, ‘सो क्षेत्रको संरक्षण एवम् सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडि बढाउन बागमती सभ्यता एकीकृत विकास परियोजनाबाट अनुरोध भई आएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडि बढाएको भएता पनि सो सफल हुन सकेको अवस्था छैन।’

    महानगरले थापाथलीस्थित अनधिकृत संरचना हटाइ सौन्दर्यकरणको कार्य तत्काल सुरु गर्ने कार्यक्रम रहेको समेत जनाएको छ।केही समयअघि सो क्षेत्रमा महानगरले अनधिकृत संरचना हटाउन खोज्दा स्थानीयसँग झडप भएको थियो।


    images
    images

    Logo