काठमाडाैं । नेपाली काँग्रेस मधेश प्रदेशसभाको संसदीय दलको नेतामा कृष्णप्रसाद यादव चयन भएका छन् । बिहीबार भएको निर्वाचनमा उनले प्रतिस्पर्धी रामसरोज यादवलाई पराजित गरेका हुन् ।
कृष्णप्रसाद यादवले १८ मत ल्याउँदा रामसरोज यादवले ४ मत मात्रै ल्याए । निर्वाचित यादव केन्द्रीय सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । उनले अघिल्लो महाधिवेशनमा प्रदेश सभापतिमा समेत रामसरोजलाई नै हराएका थिए ।
