काठमाडौं । नेपाल राष्ट्र बैंकका ९ जना कार्यकारी निर्देशको विभागीय सरुवा भएको छ । बैंककाे सञ्चालक समितिकाे १३ गतेकाे निर्णय अनुसार पुस १७ गतेदेखि लागु हुनेगरि ९ कार्यकारी प्रमुखको सरुवा गरेको हो ।
जसमा वित्तीय तथा सुपरिवेक्षण विभागका पिताम्वर भण्डारीको मौद्रिक व्यवस्थापन विभागमा सरुवा भएको छ भने प्रविधि विभाग प्रमुख रहेका प्रदिप राज पौड्याल गैह्र बैंकिङ सुपरिवेक्षण विभागमा, मुद्रा व्यवस्थापन विभाग प्रमुख रहेका रेवती प्रसाद नेपाल लघुवित्त सुपरिवेक्षण विभागमा सरुवा गरेको बैंकले जनाइएको छ ।
त्यस्तै, हाल सोही विभाग प्रमुख रहेका सुमन कुमार अधिकारीलाई संस्थागत योजना विभागमा सरुवा गरेको छ भने आन्तरिक लेखा परिक्षण विभाग प्रमुख रहेका विश्रुत थापालाई वित्तीय संस्था सुपरिवेक्षणमा, बैंकिङ विभाग प्रमुख राम बहादुर मानन्धरलाई सूचना प्रविधि विभागमा सरुवा गरेको हो ।
संस्थागत योजना विभाग प्रमुख दयाराम शर्मालाई बैंकिङ विभाग र गैह्र बैंकिङ विभागका प्रमुख विमलराज खनाललाई आन्तरिक लेखा परिक्षण विभागमा सरुवा गरिएको छ ।




