काठमाडौं । नेपाल स्टक एम्सचेञ्ज (नेप्से ५६.८८ अंकले बढेर १ हजार २९ दशमलव ३ विन्दुमा पुगेको छ । साताको अन्तिम दिन विहीबार २ सय ५७ स्क्रिपको २ अर्ब ८६ करोड रुपैयाँ बराबरको ८० लाख २४ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधबार २ अर्ब १५ करोड रुपैयाँ रुपैयाँ बराबरको शेयर करोाबरा भएको थियो । विहीबार २ सय ८ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको शेयर मूल्य घटेको छ । आज कारोबारमा आएका सवै उपसुचकहरु बढेको छन् ।
आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको कारोबार भएको छ । आज कम्पनीको १२ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको १० करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको १० करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा हिमालयन उर्जा विकास कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स र सिर्जनसिल लघुवित्त रहेका छन् । यी कम्पनीको १० प्रतिशतका दरले बढेको छ भने धौलागिरी लघुवित्तका लगानकिर्ताले र अजोड इन्स्योरेन्स कम्पनीको ९.९९ प्रतिशतले बढेको छ ।



