images
images

प्रभु बैंकले सीईओलाई दियो ४ करोड ३ लाख तलव भत्ता, अन्य पदाधिकारीलाई कति ?


  • 388
    SHARES
  • २०७९ पौष १४ गते बिहीबार

    प्रभु बैंकले सीईओलाई दियो ४ करोड ३ लाख तलव भत्ता, अन्य पदाधिकारीलाई कति ?

    काठमाडौं । प्रभु बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई ४ करोड ३ लाख रुपैयाँ तलव भत्ता दिएको छ । बैकले सीईओ अशोक शेरचनलाई वार्षिक ४ करोड ३ लाख २० हजार रुपैयाँ भुत्तानी गरेको हो । 

    सीईओ शेरचनले आर्थिक वर्ष २०७७/७८ मा तलव भत्ता वापत ३ करोड ३ लाख ३ हजार, कर्मचारी बोनस वापत  ५६ लाख ९४ हजार र दशै तथा बिदा भत्ता वापत ४३ लाख ३२ हजार रुपैयाँ लिएका छन् । 

    साथै, सो अवधिमा बैंकले अन्य सुविधामा सीईओलाई ईन्धन र मर्मत सम्भार सहित सवारी साधन उपलब्ध गराएको छ । त्यस्तै, सीईओ लगायत बैंकका सम्पूण कर्मचारीहरुलाई बैंकको नियमानुसार दुर्घटना बीमा, औषधोपचार बीमाको व्यवस्था गरेको छ । साथै निजहरुका आश्रित परिवारका लागि समेत औषधोपचार बीमाको व्यवस्था समेत बैंकले गरेको छ । सीईओ लगायत कार्यकारी तहका सम्पूर्ण अधिकृतहरुलाई नियमानुसार मोवाइल फोनको भुक्तानी गर्नेव्यवस्था रहेको बैंकले जनाएको छ । 

    सोही अवधिमा अन्य तलब भत्ता ४ करोड १ लाख ७ हजार रुपैयाँ रहेको छ । जसमध्ये तलव भत्ता वापत ३ करोड ७ लाख ६ हजार, कर्मचारी बोनस वापत ५८ लाख १६ हजार र  दशै तथा बिदा भत्ता वापत ३५ लाख ८५ हजार रुपैयाँ रहेको छ । 

    बैंकले सञ्चालक समितिमा रहेका पदाधिकारीलाई पनि विभिन्न सुविधा दिएको छ । जसमध्ये
    सञ्चालक समितिको बैठकमा उपस्थित भए वापत अध्यक्षलाई १२ हजार र सञ्चालक सदस्यहरुलाई १० हजार
    प्रदान गर्ने गरेको छ । त्यसैगरी उपसमितिमा सहभागी सञ्चालक समितिका सदस्यहरुलाई १० हजारका दरले
    बैठक भत्ता उपलब्ध गराउने व्यवस्था रहेकोे छ । 

    यस्तै, यस बाहेक बैंकले सञ्चालक समितिका अध्यक्षलाई टेलिफोन, मोवाइल तथा पत्रपत्रिका खर्च बापत प्रति महिना ११ हजार र सञ्चालक सदस्यहरुलाई प्रति महिना १० हजार प्रदान गर्ने गरेको । सो अवधिमा सञ्चालक समितिको अध्यक्ष तथा सञ्चालक सदस्यहरुलाई बैठक भत्ता र पत्रपत्रिका तथा टेलिफोन कुल खर्चवापत ४९ लाख ४५ हजार प्रदान गरेको बैंकले जनाएको छ । 


    images
    images

    Logo