काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक ऐनले प्रदान गरेका ४ प्रकारमा करदाताहरुलाई पुस मसान्तसम्ममा आवश्यक प्रकिृया गर्ने आग्रह गरेको छ । विभागले एक सुचना जारी गर्दै करदाताहरुलाई ४ प्रकारका छुट तथा सहुलियत सम्बन्धी (स्किम) व्यवस्था गरेको जनाएको हो ।
विभागले करयोग्य कारोबार गरररहेका र हालसम्म करको दायरामा नआएका व्यक्तिले स्थायी लेखा नंम्वर लिएर विगत ३ बर्षको आय विवरण र कर २०७९ पुस मसान्तसम्म बुझाएमा अघिको कर , शुल्क मिनाहा पाउने भएको छ ।
त्यस्तै, संयुक्त उपक्रम ( ज्वाइन्ट भेन्चर) करदाताहरुले २०७८ साल चैतमसान्त सम्मको मूल्य अभिवृद्धि कर विवरण अनुसारको कर वुझाउँन बाँकी विवरण कर र व्याजको ५० प्रतिशत रकम २०७९ पुसमसान्तसम्म बुझाएमा बाँकी व्याज र थप दस्तुर र जरिवाना छुट पाउने भएको छ । त्यस्तै, अन्तःशुल्क इजाजतपत्रवालाले २०७८ चैतमसान्तको विवरण वा विवरण अनुसारको अन्तःशुल्क बुझाउन बाँकी विवरण, अन्तःशुल्क र विलम्व शुल्कको ५० प्रतिशत रकम २०७९ पुस मसान्तसम्म बुझाएमा जरिवाना र बाँकी विलम्व शुल्क छुट पाउने विभागले जनाइएको छ ।
अन्तःशुल्क इजाजतपत्रवाला उद्योगले १५ बर्षभन्दा पुराना मौज्दातको लागत कट्टाको लागि २०७९ पुस मसान्तसम्म निवेदन दिन सक्ने जनाइएको छ ।




