काठमाडौं । नेपाल राष्ट्र बैंक पुस १४ गते ५० अर्ब बराबरको ४५ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय क्षेत्रमा तरलताको अभाव देखिए पछि बैंकले रिपो मार्फत ५० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो ।
राष्ट्र बैंकले बुधबार सुचना जारी गर्दै आउँदो माग २९ गते परिपक्व हुने गरी ५० अर्ब बराबरको रिपो बोलकबोल गर्ने भएको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय संस्थाले भाग लिन पाउने छन् ।
बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्दै आएको छ ।