काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । बिहीवार छापावाला सुन प्रतितोला १ लाख ९ सय रुपैयाँ कायम गरिएको छ ।
बुधवार प्रतितोला १ लाख १ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ९ सय रुपैयाँ कायम गरेके नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ४ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ३ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।