images
images

जोर्डन र स्लोभेनियाका लागि गैरआवासीय राजदूत नियुक्त


  • 364
    SHARES
  • २०७९ पौष १३ गते बुधबार

    जोर्डन र स्लोभेनियाका लागि गैरआवासीय राजदूत नियुक्त

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई जोर्डन अधिराज्यका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेकी छिन् । 

    यस्तै राष्ट्रपति भण्डारीले अष्ट्रिया, संयुक्त राष्ट्र सङ्घ कार्यालय भियनाका लागि नेपालको आवासीय राजदूत भरतकुमार रेग्मीलाई गणतन्त्र स्लोभेनियाका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी छिन् । 

    नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनीहरुलाई गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


    images
    images

    Logo