काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको संयोजक र सदस्य पदका लागि २ जनाको नाम छनौट गरेको छ । राष्ट्र बैंकले बुधवार सूचना जारी गर्दै संयोजक र सदस्यको नाम सार्वजनिक गरेको हो ।
लागि राष्ट्र बैंकले संयोजक पदका लागि प्रकाश कुमार श्रेष्ठलाई छनौट गरेको छ भने सदस्यमा गोविन्द प्रसाद शर्मा रहेका छन् । बैंकले उनीहरुलाई सो पदमा नियुक्तीका लागि पुस २४ गतेभित्र वित्तीय संस्था सुपरिवेक्षण विभागमा सम्पर्क गर्न अनुरोध गरेको छ । साथै सो समयभित्र नआएमा वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिने पनि सूचनामा उल्लेख छ ।
संयोजक र सदस्य पदका लागि ९ जनाको सर्टलिष्टमा परेको थियो जसबात अन्तवार्तामार्फत १÷१ जनाको नाम छनौट गरिएको राष्ट्र बैंकले जनाएको छ ।