काठमाडौं । सर्वोच्च अदालतले नयाँ ब्रोकर र स्टक एक्सचेनजको नयाँ लाइसेन्स रोक्न परेको रिट खारेज गरेको छ । बुधबार रिटको सुनुवाइ गर्ने क्रममा न्यायाधीश हरिकृष्ण कार्की, इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराइ, अनिलकुमार सिन्हा र सपना प्रदान मल्लको संयुक्त इजलासले उक्त रिट नै खारेज गरेको हो । अदालतले रिट खारेज गरेसँगै नयाँ लाइसेन्स दिने बाटाे खुलेकाे छ ।
यस भन्दा अगाडी यहि इजलासले रिट बमोजिम लाइसेन्स प्रकृयाँलाई यथास्थानमा राख्न अन्तरिम आदेश जारी गरेको थियो । सरकारले लाइसेन्स बाड्न थालेको भन्दै राजीनितिक पूर्वाग्रहका साथ परेको रिट बमोजिम सर्वोच्चले प्रकृयाँ रोक अन्तरिम आदेश दियो । चुनावको आचार संहिता सकिए पछि पनि सर्वोच्चले रोक्ने अन्तरिम आदेशलाई निरन्तरता दियो ।
अधिवक्ता अमृत खरेलले नयाँ स्टक एक्सचेन्ज र ब्रोकरलाई लाईसेन्स दिनको लागि संशोधन गरिएका नियमावली खारेज गर्न माग गर्दै कार्तिक १६ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।