काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्तामा दिनमणी पोखरेल नियुक्ति गरेकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पोखरेललाई नियुक्त गरेकी हुन् ।
प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर ४ का पोखरेललाई प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपतिले पोखरेललाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएकाे छ । उनलाई संविधानको धारा १५७ को उपधारा २ बमोजिम राष्ट्रपतिले नियुक्त गरेकी हुन् ।