images
images

शेयर बजारमा लाग्यो ब्रेक, १४९ कम्पनीको शेयर मूल्य घट्दा २ अर्ब मार्थिको कारोबार 


  • 341
    SHARES
  • २०७९ पौष १३ गते बुधबार

    शेयर बजारमा लाग्यो ब्रेक, १४९ कम्पनीको शेयर मूल्य घट्दा २ अर्ब मार्थिको कारोबार 

    काठमाडौं । लगातार २ दिन बढेको शेयर बजारमा बुधबार भने ब्रेक लागेको छ । सोमबार र मंगलबार ११६.७५ अंक बढेको शेयर बजार बुधबार भने घटेको हो । नेपाल स्टक नेप्से ११.८१ अंकले घट्दा १ हजार ९ सय ७२ दशमलव १५ विन्दुमा पुगेको छ । 

    बुधबार २ सय ५७ स्क्रिपको २ अर्ब १५ करोड रुपैयाँ बराबरको ६५ लाख ३० हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।  हिजो तीन अर्ब भन्दा माथिको कारोबार भएको थियो ।१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। 

    १ सय ४९ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । ६० वटा कम्पनीको मूल्य बढेको छ भने ५ बटा कम्पनीको शेयर मूल्यमा स्थिर आएको छ । आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको ८ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको ८ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको ७ करोड ८४ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

    नेप्से घटेपनि यस दिन आधा दर्जन स्टकको शेयर सकारात्मक सर्किट लागेको छ । यस दिन सेन्ट्रल फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, श्रृजनशील लघुवित्त र विन नेपाल लघुवित्तको शेयर सकारात्मक सर्किट लागेको हो । 


    images
    images

    Logo