images
images

समायोजन भएका स्वास्थ्य सेवा कर्मचारीको अपुग तलब मन्त्रालयले पठाउने


  • 315
    SHARES
  • २०७९ पौष १३ गते बुधबार

    समायोजन भएका स्वास्थ्य सेवा कर्मचारीको अपुग तलब मन्त्रालयले पठाउने

    काठमाडौं । समायोजन भएका स्वास्थ्य सेवा कर्मचारीको अपुग तलब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाउने भएको छ । मन्त्रालयले एक सुचना जारी गर्दै कर्मचारीलाई तलब खुवाउन नसकिने भन्दै स्थानीय तहले धमाधम फिर्ता पठाएपछि त्यसलाई रोक्न अपुग तलब मन्त्रालयबाट वित्तिय हस्तान्तरणमार्फत बजेट पठाउने जनाएको हो । 

    मन्त्रालयले पुस ८ गते बसेको मन्त्रीस्तरीय निर्णयले संघीय स्वास्थ्य मन्त्रालयले समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी स्वास्थ्यका कर्मचारीको खटिएको ठाउँमा अपुग भएको तलबभत्ता हाललाई स्वास्थ्य मन्त्रालयको वित्तिय बजेट हस्तान्तरण मार्फत पठाउने भएको छ । 

    स्थानीय तहलाई पठाइएको पत्रमा भनिएको छ, ‘समायोजन मिलान भई गएका कर्मचारीलाई सम्बन्धित तह र निकायमा नै हाजिर गराई जिम्मेवारीपूर्वक कामकाज लगाउन हुन यस मन्त्रालयको माननीय मन्त्रीस्तरको मिति २०७९/९/८ को निर्णयअनुसार अनुरोध छ ।’

     

     


    images
    images

    Logo