काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स ( एनसीसी) बैंकको पुस १५ गतेदेखि शेयर कारोबार हुने भएको छ । कुमारी बैंकसँग मर्जरमा गई पुस १७ गतेबाट एकीकृत कारोबार हुने भएकोले एनसीसी बैंकको शेयर कारोबार १५ दिनको लागि बन्द हुने भएको हो । यस अवधिमा कुमारी बैंकको भने शेयर कारोबार रोक्का हुने छैन् ।
शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि १५ दिन कारोबार बन्द हुन लागेको हो । धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ मा भएको ब्यबस्था बमोजिम बैंकको शेयर कारोबार १५ दिन रोक्का हुने भएको हो ।
उक्त निर्देशिकाको दफा ९ मा एकीकृत व्यवसायिक कारोवार गरेको मितिबाट गाभ्नेर गाभिने वा प्राप्तिको हकमा लक्षित संस्थाको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि बढीमा १५ कार्य दिनसम्म शेयर कारोवार रोक्का राख्नु पर्ने ब्यबस्था छ।




