images
images

एकैदिन ३ सय भन्दा बढी सवारी चालक कारवाहीमा


  • 296
    SHARES
  • २०७९ पौष १३ गते बुधबार

    एकैदिन ३ सय भन्दा बढी सवारी चालक कारवाहीमा

    काठमाडौं ।  काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १० जना सवारी चालक कारवाहीमा परेका छन् । टाफिक नियम उल्लङ्घन गरेको कारणले उनीहरुलाई मंगलबार उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय ६५ जना, लेन अनुशासन पालना नगर्ने १ सय ३६ जना, रेड लाइडमा सवारी साधन चलाउने ३३ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ८७ , नम्बर प्लेट राम्रोसँग नराख्ने ३८ जना र लिडारगन १ सय ४०  चालक रहेका छन् । यस्तै २ हजार ४ सय १० जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ । 


    images
    images

    Logo