images
images

विदेशबाट निजी प्रयोगका लागि मोबाइल ल्याउँदा भन्सारबाट प्रज्ञापनपत्र लिनुपर्ने


  • 424
    SHARES
  • २०७९ पौष १३ गते बुधबार

    विदेशबाट निजी प्रयोगका लागि मोबाइल ल्याउँदा भन्सारबाट प्रज्ञापनपत्र लिनुपर्ने

    काठमाडौं ।  विदेशबाट व्यक्तिगत मोबाइल ल्याउदा भन्सारबाट प्रज्ञापनपत्र लिनुपर्ने भएको छ। अबदेखि विदेशबाट स्वदेश आउने यात्रुले आफुले चलाउने मोबाइल बाहेक आफ्नो साथमा ल्याउने मोबाइलको समेत भन्सारबाट प्रज्ञापनपत्र लिनैपर्ने व्यवस्था बनाएको हो।

    नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेबाट ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ पूर्णरुपमा कार्यान्वयनमा ल्याउने भएको छ ।एमडीएमएस कार्यान्वयनमा आएसँगै अवैध तरिकाले नेपाल भित्र्याइएका, कर नतिरेका र व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेट नेपालमा चल्ने छैनन् । यस्ता मोबाइल सेटको कर आउँदो शुक्रबारभित्रसम्ममा बुझाउन भनिएको छ । 

    विदेशबाट आउने नेपालीले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका मोबाइल अनिवार्यरुपमा एमडीएमएस प्रणालीमा दर्ता गर्नुपर्नेछ । त्यस्तै, गत भदौ भन्दाअगाडि प्रयोगमा नरहेका मोबाइल सेटको पनि भन्सार घोषणा गरी भन्सार कार्यालयबाट प्रज्ञापनपत्र लिएर अनिवार्यरुपमा एमडीएमएस प्रणालीमा दर्ता गर्नुपर्नेछ ।

    भन्सारमा घोषणा नभएका मोबाइल पुस १५ गतेदेखि दर्ता नगरिने तथा यस्ता मोबाइल सेट सञ्चालनमा रोक लगाइने पनि प्राधिकरणले जनाएको छ । विदेशबाट व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटका लागि अनिवार्य रुपमा प्रज्ञापनपत्र लिनुपर्नेछ । प्रज्ञापनपत्र लिइसकेपछि राहदानी, नागरिकता वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै आधिकारिक विवरणका आधारमा मात्र दर्ता गरिने पनि प्राधिकरणले स्पष्ट पारेको छ ।

    त्यस्तै, नेपालभित्रै मोबाइल खरिद गर्दासमेत उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए–नभएको यकिन गरेर खरिद गर्नसमेत प्राधिकरणले आग्रह गरेको छ ।


    images
    images

    Logo