काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार १ सय रुपैयाँमा कायम भएको छ ।
मंगलबार प्रतितोला १ लाख ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १ हजार १ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ६ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।